नेपाल तरुण दल पर्वत पैयुँ गाउँपालिकाको सभापतिमा अभि गुरुङ
पाेखरा | कात्तिक ५, २०७९
पोखरा : नेपाल तरुण दल पर्वत पैयुँ गाउँपालिकाको सभापतिमा अभि गुरुङ चयन भएका छन् । पैयुँको प्रथम अधिवेशनबाट उनी चयन भएका हुन् ।
उनी सँगै उपाध्यक्षमा लक्ष्मण न्यौपाने, भिम सेन, सचिवमा कमल पौडेल, सचिवमा मिन प्रसाद भुसाल, सह—सचिवमा भिम बहादुर थापा, खिमानन्द न्यौपाने, कोषाध्यक्षमा सुर्य प्रसाद न्यौपाने चयन भएका छन् ।
गुरुङले पैयुँका तरुणलाई एकीकृत गरी आगामी निर्वाचनमा काँग्रेसलाई जिताउने गरी लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन् । अग्रजको सल्लाहलाई अनुसरण गर्दै युवाहरुलाई समेट्ने गरी आफु लाग्ने भनाई उनको छ ।
तरुण दलको सभापति भएसँगै अभि गुरुङको राजनीतिक गतिविधिले समेत सक्रियता लिएको छ । २४ वर्षको कलिलो उमेरमा नै उनले नेपाली काँग्रेसको भातृसंस्था तरुण दलको पैयुँ गाउँपालिकाको जिम्मेबारी सम्हाल्ने अवसर पाएका छन् ।
भन्छन्,‘यो मेरा लागि ठूलो अवसर हो । पैयुँका तरुणहरुलाई संगठीत गर्दै आगामी यात्रा तय गर्नेछु । अहिले हाम्रो मिसन भनेकै मंसिर ४ गतेको निर्वाचनमा गठबन्धनका उम्मेदवारहरुलाई विजयी बनाउनु नै हो ।’
पर्वत पैयुँका काँग्रेसीहरुको मन जित्ने गरी आफुले काम गर्ने भनाई उनको छ । गुरुङलाई पर्वतबाट प्रतिनिधि सभाका उम्मेदवार नेपाली काँग्रेसका नेता अर्जुन जोशी र पैयुँ गाउँपालिकाका अध्यक्ष राज मल्लले खादा माला र अबिर सहित जिम्मेबारी सुम्पिएका थिए ।
गोरखा: गोरखा र लमजुङ जोड्ने बुद्ध हिमाल–हिमालचुली ग्रेट लेक सर्किट ट्रेलको विकासका लागि दुई जिल्लाका पाँच पालिका जुटेका छन् । सो ट्रेलअन्तर्गत पर्ने गोरखाको बारपाक सुलिकोट र अजिरकोट गाउँपालि...
ताप्लेजुङ: बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख वेदप्रसाद गौतमका अनुसार मैवाखोला गाउँपालिका–३, लेकुवाका २६ वर्षका फुर्वा...
काठमाडौं: विराटनगरको नोबेल मेडिकल कलेजको भवनबाट खसेर एक इन्टर्न डाक्टरको मृत्यु भएको छ । आइतबार बिहान ६ः३० बजे कलेजको भवनको पाँचौ तलाबाट खसेका डा. अमित यादवको उपचारकोक्रममा मृत्यु भएको हो । ट...

